अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको बीचमा ट्विट गरेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई चुनावमा चोरी गरेको आरोप लगाएका छन् ।
ट्विटरमा ट्रम्पले लेखेका हुन्– हामी अहिले अगाडि छौँ तर उनीहरु चुनाव परिणाम हामीसँग चोर्न खोजिरहेका छन् । हामी यस्तो हुन दिने छैनौँ, चुनाव सकिएपछि भोट हाल्न पाइँदैन ।
ट्रम्पले आज राति विशेष सम्बोधन पनि गर्ने भएका छन् । उनले आज जित निकालेर सम्बोधन गर्न लागेको र ट्रम्पले आफ्नो शक्तिशाली हैसियत देखाउन खोजेको उनको सहयोगीले बताएका छन् ।
अर्कोतिर, उनको यो ट्विटलाई ट्विटरले ‘मिसलिडिङ’ भन्दै लुकाइदिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।