अमेरिकी निर्वाचनः मतगणना जारी, ह्वाइटहाउस अगाडि व्यापक प्रदर्शन

अमेरिकामा आगामि चार वर्षका लागि नेतृत्व छान्न ३ नोभेम्बरमा भएको निर्वाचनको मत परिणाम आइरहेको छ । पछिल्लो मत परिणाममा फेरि पनि अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित हुने सम्भावना बढेको छ । 

तर, उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका जो बाइडेनले पनि आफ्ना समर्थकलाई धैर्यता राख्न अनुरोध गरेका छन् । उनले आफूहरु पनि जितको यात्रामा अगाडि बढेको बताएका छन् । 

यहीबीच अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसअगाडि निकै ठूलो प्रदर्शन भएको छ । सयौँ अश्वेत अमेरिकीहरु ह्वाइटहाउस नजिकै प्रदर्शनमा उत्रिएको समाचार एजेन्सी एपीले जनाएको छ । अश्वेत जीवनको पनि मूल्य छ, ट्रम्प हाम्रालागि होइनन् लगायतका विभिन्न प्लेकार्ड लिएर प्रदर्शनकारी त्यहाँ उपस्थित भएका छन् ।

त्यसो त अमेरिकाका विभिन्न अन्य राज्यमा प्रदर्शन भएका छन् । न्युयोर्कमा पनि प्रदर्शनकारीहरु सडकमा निस्किएका छन् । तर, अहिलेसम्म अमेरिकाका कुनै पनि ठाउँमा हिंसात्मक गतिविधि भएका छैनन् । 

वासिङटनमा भेला भएका प्रदर्शनकारीले चाहिँ आफूहरुले न्याय नपाए कोही पनि शान्तिसँग बस्न नपाउने चेतावनीसमेत दिएका छन् । ‘ट्रम्पले सधैं झुटमात्र बोल्छन्,’ त्यहाँ उपस्थित भएका प्रदर्शनकारीले प्लेकार्ड बोकेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १२:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया