‘चार वर्षका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प’

अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा फेरि डोनाल्ड ट्रम्प निर्वाचित हुने उनको पार्टीले विश्वास लिएको छ । राष्ट्रपति ट्रम्पले चुनावी मत परिणाम आइरहँदा आफूले चुनाव जितिसकेको बताएका छन् । 

ह्वाइटहाउसमा गरेको सम्बोधनमा उनले भने, ‘मलाई लाग्छ, मैले यो चुनाव जितिसकेँ ।’

उनले आज साँझ आफ्नो पार्टीले राम्रो भोजको आयोजना गर्ने पनि बताएका छन् । 

उनले अमेरिकी मतदातालाई धन्यवाद पनि दिएका छन् । 

राष्ट्रपति ट्रम्पले नै सम्बोधन गरेको पोडियममा आएर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि अबको चार वर्षका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नै भएको दाबी गरेका छन् । ‘धन्यवाद अमेरिकी जनता, अबको चार वर्षका लागि ट्रम्पलाई नै राष्ट्रपतिमा निर्वाचित गरेकामा,’ उनले भने, ‘अमेरिका फेरि राम्रो हुँदैछ ।’

राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको यो अभिव्यक्तिलाई अहिले अमेरिकामा निकै आलोचना गर्न थालिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १३:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया