राजविराजमा एक कोरोनाभाइरस संक्रमितको निधन भएको छ । उनी त्यहाँको गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए ।
अस्पतालको ल्याबमा कार्यरत २८ वर्षका यी युवामा १५ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी त्यसपछि साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिइ । उनमा अरु कुनै दीर्घकालिन रोग थिएन, कोरोनाको लक्षण पनि देखिएको थिएन ।
उनी राजविराज २ का बासिन्दा हुन् ।
योसँगै सप्तरीमा कोरोनाका कारण २९ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।