स्वास्थ्यलाभकाे कामना गर्न फोन गरेपछि भट्टराईले ओलीलाई भने, 'पश्चगामी सोचका चतुर खेलाडी'
फाइल फोटो

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पश्चगमनको मतियार भएको आरोप लगाएका छन् । बुधबार साँझ ट्विट गर्दै भट्टराईले ओली पश्चगामी सोचको चतुर खेलाडी भएको बताएका हुन् । आफूलाई फोन गरी स्वास्थ्य लाभको कामना गरेकोमा धन्यवाद दिँदै भट्टराई ओलीविरुद्ध खनिएका हुन् । भट्टराईमा केही दिनअघि कोरोना संक्रमण देखिएको थियो ।

नेकपाभित्र अहिले देखिएको किचलो अग्रगमन र पश्चगमन बीचको लडाइँ भएको ठहर उनले गरेका छन् । ‘तीतो सत्य भन्नैपर्छः नेकपाभित्रको किचलो रूपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो। यो अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको लडाइँ हो’ भट्टराईले भनेका छन् । 

संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न लागि परेको आरोप उले लगाएका छन् । अहिले ओलीको नेतृत्वमा देश तीब्र गतिमा पश्चगमनतर्फ दौडिरहेकाे दाबी भट्टराईको छ। 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १८:३५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया