सिधै फाइनल पुग्ने दाउमा मुम्बई र दिल्ली

इन्डियन प्रिमियर लिग (आइपिएल) को तेह्रौं संस्करण अन्तर्गत आज पहिलो क्वालिफयर खेल हुँदैंछ। नेपाली समय अनुसार राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिट्ल्सले प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणमा मुम्बईले ९ जित र ५ हारको नतिजा सहित १८ अंक तथ दिल्लीले ८ जित र ६ हारको नतिजा सहित १६ अंकको साथमा दोस्रो स्थानमा रहदैं पहिलो क्वालिफायर पक्का गरेका हुन्। 

पाँचौं उपाधिको खोजीमा रहेको मुम्बई आजको खेलमा जित हात पार्दै छौटौं पटक फाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ। उसका लागि ब्याटिङमा क्विन्टन डिकक, इशान किसन र सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। 

डिककले ४ अर्धशतक सहित ४४३ बनाउदा समान ३–३ अर्धशतक प्रहार गरेका किसनले ४२८ र यादवले ४१० रन जोड्का छन् ।किरोन पोलार्डले लय समात्नु मुम्बईका लागि राम्रो संकेत हो। उनले हैदराबाद विरुद्धको खेलमा २५ बलमा ४१ रन बनाएका थिए। 

चोटका कारण ४ खेल गुमाएर मैदान फर्किएका कप्तान रोहित शर्माले लय समात्न नसक्नु मुम्बईका लागि चिन्ताको विषय बन्न सक्छ। उनले हैदराबाद विरुद्धको खेलमा मात्र ४ रन बनाएका थिए। जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र राहुल चाहरको धातक बलिङको सामना गर्नु कुनै पनि ब्याट्सम्यानलाई सहज हुनेछैनबुमराहले २३, बोल्टले २० र चाहरले १५ विकेट हात पारेका छन्।  

पहिलोपटक फाइनल प्रवेश गर्दै उपाधि जित्ने दाउमा दिल्ली छ , तर उसलाई मुम्बईको लय रोक्न त्यति सहज भने हुनेछैन ।दिल्लीका लागि ब्याटिङमा शिखर धवन र कप्तान श्रेयस अय्यरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। धवनले २ शतक र ३ अर्धशतक सहित ५२५ रन बनाउदा २ अर्धशतक प्रहार गरेका अय्यरले ४२१ रन जोडेका छन्। 



अजिंका राहणेले लय समात्नु दिल्लीका लागि राम्रो पक्ष हो। उनले बैंग्लोर वरुद्ध ६० रन बनाएका थिए। ओपनर पृथ्वी शाले लय समात्न नसक्नु दिल्लीका लागि चिन्ताको विषय बन्नसक्छ। उनले यो सिजन २ अर्धशतक सहित २२८ रन मात्र जोड्न सकेका छन् ।

दिल्लीको बलियो पक्ष बलिङ हो। कागिसो राबडा र एनरिच नोत्जेको धातक बलिङसामु हेरक ब्याट्सम्यानलाई रन जोड्न कठिन भइरहेको छ। राबडाले २५ र नोत्जेले १९ विकेट लिएका छन्। हालसम्म यी दुई टोलीले २६ खेलमा प्रतिस्पर्धा गर्दा  मुम्बईले १४ र दिल्लीले १२ खेल आफ्नो पक्षमा पारेका छन्। पछिल्ला पाँच खेलमा पनि मुम्बई नै बलियो देखिन्छ।



मुम्बईले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल गुमाएको छ। समूह चरणका दुवै खेलमा मुम्बई विजयी भएको थियो। उसले पहिलो खेलमा ५ र दोस्रो खेलमा ९ विकेटको जित हात पारेको थियो। 

  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १०:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया