पछिल्लो समय आएको अमेरिकी चुनावको मत परिणामअनुसार अमेरिकामा अबका राष्ट्रपति हुने क्रममा बाइडेन अग्रस्थानमा देखिएका छन् ।
उनको सम्भावना सबैभन्दा बढी भएको एसोसियटेड प्रेसले जनाएको छ ।
२ सय ७० इलेक्टोरल भोटका लागि अब बाइडेनले एउटा राज्यमात्र आफ्नो पोल्टामा पारे पुग्ने बताइएको छ । अहिले बाइडेनले २ सय ६४ इलेक्टोरल मत ल्याएका छन् ।
पपुलर भोटमा चाहिँ उनले अमेरिकी इतिहासमा नै सबैभन्दा बढी ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।