नेभादाका ६ भोट बाइडेनलाई

अमेरिकामा अहिले निकै रोचक भइरहेको छ, राष्ट्रपतिका दुई उम्मेदवारको मत । 

पछिल्लो समय अझै त्यहाँका ६ राज्यमा मत गणना चलिरहेको छ । यी राज्यमा कसले जित्छ, उसले नै चार वर्ष ह्वाइट हाउसमा बिताउने छ ।

यहीबीच अब त्यहाँको नेभादाका ६ इलेक्टोरल भोट डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको पक्षमा पुगेको छ । त्यहाँ उनी अहिले ४९.५ प्रतिशत भोट पाएका छन् । 

रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति ट्रम्पले चाहिँ त्यहाँ ४८.५ प्रतिशत भोट पाएका छन् । ६ इलेक्टोरल भोट भएको यो ठाउँको मत गणना ९९.५ प्रतिशत सकिएको बताइएको छ । 

त्यसैले सिएनएनले यो राज्यमा बाइडेनले जित्ने सिएनएनले प्रक्षेपण गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २२:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया