दिल्लीलाई ५७ रनले हराएर मुम्बई पुग्यो आइपिएल फाइनलमा

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको आइपिएल २०२० को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ । खेलमा दिल्लीले आठ विकेट गुमाएर १ सय ४३ रन मात्र जोड्न सक्यो । 

दिल्लीलाई मुम्बईले २ सय १ रनको लक्ष्य दिएको थियो । 

यो खेल जितेसँगै अब आइपिएलको फाइनलमा पुगेको छ, मुम्बई । तर, फाइनलमा जाने बाटो दिल्लीको पनि बाँकी नै छ । अब उसले दोस्रो क्वालिफायरको विजेतासँग खेल्न पाउने छ ।

आजको खेलमा दिल्लीको सुरुवाती खासै जम्न सकेन । उसले पहिलो ओभरमा नै दुई विकेट गुमायो ।

पृथ्वी शा तथा आजिंक्य रहाणे खाता नखोजी पेभेलियन फर्किए । दुवैलाई आउट गरेका थिए, ट्रेन्ट बोल्टले । पृथ्वीको प्रहारलाई क्विंटन डिककले समातेका थिए भने अजिंक्य एलबिडब्लू आउट भए ।

त्यसपछि क्रिजमा आएका शिखर धवन पनि लामो टिक्न सकेनन् । दोस्रो ओभरमा नै उनलाई आउट गरे जसप्रित बुमराहले ।



यी तीन खेलाडी नै जिरो रनमा आउट भएका थिए । यो झट्कापछि दिल्लीलाई कप्तान श्रेयस अय्यर र मार्कस स्टोइनिसले सम्हाल्ने प्रयास गरेका थिए । तर, यो पनि सम्भव भएन । चौथो ओभरमा नै जसप्रितको बलमा श्रेयसको प्रहारलाई रोहित शर्माले क्याच गरे । 

तीन चौकाको सहयोगमा आठ बलमा १२ रन बनाएका श्रेयस आउट भए ।



दिल्लीले २० रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । छैटौ ओभर सकिँदा दिल्लीको ३२ रन मात्र भएको थियो । त्यसपछि पनि दिल्लीले राम्रो गर्न सकेन । 

ऋषभ पन्त पनि सस्तैमा समेटिए । दिल्लीका लागि मार्कसले ३६ बलमा अर्धशतक पूरा गरेका उनलाई अक्षर पटेलले साथ दिए ।

यी दुईले दिल्लीलाई १६ ओभरमा १ सय १२ रनमा पुर्याए । तर, यो दिल्लीका लागि खेल जित्न पर्याप्त थिएन । त्यसपछि दिल्लीका ब्याट्सम्यान जमेनन् । एउटा यस्तो समय आयो जब १० बलमा दिल्लीलाई ७६ रनको जरुरत थियो ।

पहिलो पारीमा मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय रन बनाएको थियो । यसका लागि इशान, किशन, सूर्यकुमार यादव तथा हार्दिक पाण्डेयले राम्रो प्रदर्शन गरे । तर, मुम्बईका कप्तान रोहितले आजको खेलमा खासै प्रदर्शन गर्न सकेनन् । २० ओभरमा २ सय रन बनाउँदा मुम्बईले ५ विकेट गुमाएको थियो ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार २३:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया