नेकपा विवाद : प्रचण्डले बोलाए सचिवालय बैठक, ओली पनि जालान् ?
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विवाद कायम रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । 

प्रचण्डले पार्टीमा देखिएको विवाद बारे छलफल गर्न सचिवालय बैठक बोलाउन पटक–पटक आग्रह गरेपनि ओलीले बैठक डाक्न अस्वीकार गर्दै आएका थिए । 

औपचारिक बैठक भन्दा पनि अनौपचारिक छलफलका लागि सचिवालय सदस्यहरुलाई शुक्रबार दिउँसो ३ पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

ओली निकट स्रोतका अनुसार प्रचण्डले नेता सुवास नेम्बाङसमक्ष अनौपचारिक छलफलका लागि सचिवालयका नेताहरुलाई पार्टी कार्यालयमा बोलाएको भनी जानकारी दिएका थिए ।  

छलफलमा प्रधानमन्त्री ओली पनि जानसक्ने ओलीनिकट स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार ११:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया