कांग्रेसका ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण

नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएको छ । शुक्रबार बस्‍ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकका लागि अघिल्लो बिहीबार गरिएको ८२ जनाको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनकाअनुसार केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

कांग्रेसले कोरोना पुष्टि भएका केन्द्रीय सदस्य र सुरक्षाकर्मीको नाम भने खुलाएको छैन ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७७ शुक्रबार १२:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया