अमेरिकी निर्वाचनः रिसले चुर छन् डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा आफूले पराजय भोग्ने अनुमानका आधारमा रिसले निकै चुर भएका छन् । निर्वाचनमा उनले हार व्यहोर्ने निश्चित भएपछि सडकमा र टिभीमा समर्थक नदेख्दा उनी रिसले चुर भएको अमेरिकी टिभीहरुले जनाएका छन् । 

सिबिएसमा उनका एक सहयोगीले पनि यसलाई स्वीकार गरेका छन् ।

पछिल्लो समय टिभी मात्र हेरेर उनी बसिरहेको र आफ्नो सहयोगी समूहसँग कानुनी लडाइँबारे सल्लाह गरिरहेको बताइएको छ ।

उनका केही सहयोगीहरुले यस विषयमा ट्रम्पले यसअघि नै योजना बनाउनु पर्ने राय दिन थालेका छन् । पेन्सेभेनियामा पनि ट्रम्प निकै पछाडि हुन थालेपछि उनको निराशा थप बढेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार ९:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया