यो निर्वाचन हामीले जित्दैछौँः जो बाइडेन

अमेरिकामा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेनले यो चुनाव आफूहरुले जित्ने बताएका छन् । 

केही बेरअघि एक सम्बोधन गर्दै जो बाइडेनले यस्तो बताएका हुन् । ‘स्पष्ट बहुमतका साथ र देश हामीसँगै रहेर, हामीले यो निर्वाचन जित्दै छौँ,’ उनले भनेका छन् । 

उनले जितकै घोषणाका लागि चाहिँ अब केही समय लाग्ने बताएका छन् । 

‘हामीले ७ करोड ४० लाखभन्दा धेरै मत ल्याएका छौँ,’ बाइडेनले भनेका छन्, ‘यो अहिलेसम्म अमेरिकी निर्वाचनमा एउटा राष्ट्रपतिको उम्मेदवारले ल्याएको सबैभन्दा बढी भोट हो ।’

आफ्नो सम्बोधनमा जो बाइडेनले अहिलेको नतिजाअनुसार आफूले ३ सयभन्दा धेरै इलेक्टोरल भोट पाउने संकेत मिलेको बताएका छन् ।

उनले एरिजोनामा आफूहरुले जित्न लागेको नै ऐतिहासिक भएको बताएका छन् । एरिजोनामा २४ वर्षसम्म डेमोक्रेटले निर्वाचन जितेका थिएनन् । तर, अहिले एरिजोनामा बाइडेन ट्रम्पभन्दा निकै मतले अगाडि बढिसकेका छन् ।



त्यस्तै, जर्जियामा पनि अहिले बाइडेन निकै अगाडि बढेका छन् । जर्जियामा यसअघि डेमोक्रेट्सले २८ वर्षअघि मात्र निर्वाचन जितेका थिए ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार ९:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया