पत्रसहित प्रचण्ड समूह बालुवाटारमा, बैठक बोलाउन सामूहिक आग्रह गरिँदै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालय बैठकमा सहमत गराउन असन्तुष्ट पक्षका सदस्यहरु बालुवाटार पुगेका छन् । यस विषयमा करिब तीन घण्टा पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा छलफल गरेर उनीहरु बालुवाटार पुगेका हुन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लिखित पत्रसहित बालुवाटार पुगेका हुन् ।

यसअघि उनीहरुले शुक्रबार धुमबाराहीमा अनौपचारिक सचिवालयको बैठक बसेका थिए । उक्त बैठकले पार्टीको सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गर्न बालुवाटार जाने निर्णय गरेको थियो ।

ओलीले औपचारिकरुपमा केन्द्रीय सचिवालय बैठक डाकेमा पार्टी फुटको घोषणा गर्ने चेतावनी दिएपछि ‘प्रचण्ड’ले अनौपचारिक बैठक डाकेका हुन् ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १३:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया