क्रिकेट खेलाडीको पुनः वर्गीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको पुनः वर्गीकरण गरेको छ । क्यानको शनिबार बसेको भर्चुअल बैठकले असोज ६ को बैठकमा गरेको खेलाडी वर्गीकरणलाई सच्चाएको हो । 

खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले खेलाडीहरूको पुनः वर्गीकरण गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सोमपाल कामीलाई ‘बी’ बाट ‘ए’ ग्रेड र अविनाश बोहोरालाई ‘सी’ बाट ‘बी’ मा अपग्रेड गरिएको छ ।

यसअघि वर्गीकरणमा नपरेका ललितनारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ ग्रेडमा राखिएको छ । महिलातर्फ यसअघि वर्गीकरणमा नपरेका सरस्वती चौधरीलाई ‘बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ ग्रेडमा राखिएको छ ।

नयाँ वर्गीकरण अनुसार अब क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा २० पुरुष र २२ महिला खेलाडी हुने भएका छन् । खेलाडीको सम्झौता ६ महिनाको हुने र २०२० को जनवरीबाट लागू हुने क्यानले जनाएको छ । 

पुरुष तर्फ ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा पर्ने खेलाडीले क्रमशः ५०, ४० र ३० हजार पाउनेछन् ।

महिला तर्फ ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा पर्ने खेलाडीले क्रमशः १५, १२ र १० हजार पाउनेछन् । 



यस्तो छ नयाँ वर्गीकरण

पुरुषतर्फ



‘ए’ ग्रेड : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी

‘बी’ ग्रेड : अविनाश बोहोरा, ललिल नारायण राजवंशी, सुसन भारी, आरिफ शेख, पवन सर्राफ

‘सी’ ग्रेड : सन्दीप जोहरा, सुवास खकुरेल, रोहित पौडेल, कमलसिंह ऐरी, राशिद खान र कुसल मल्ल

महिलातर्फ

‘ए’ ग्रेड : रुबिना क्षेत्री, नेरी थाप, इन्दु वर्मा, सीता रानामगर र करुणा भण्डारी

‘बी’ ग्रेड : ज्योति पाण्डे, अप्सरी बेगम, सरस्वती चौधरी, ऋतु कनोजिया, काजल श्रेष्ठ, सरिता मगर, रोमा थापा, विन्दु रावल र कविता जोसी ।

‘सी’ ग्रेड ; ममता चौधरी, सुमन खतिवडा, सोनु खड्का, डोली भट्ट, कविता कुँवर, अञ्जली चन्द, अनुराधा चौधरी र शोभा आले

  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १६:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया