घोडाबाट लडेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घाइते

शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर घाइते भएका छन् । हुडी गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर उनी सामान्य घाइते भएका हुन् । 

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चढ्नका लागि स्वागत गरेपछि उनी घोडा चढेका थिए ।  घोडाबाट लडेर उनी घाइते भएका हुन् । मुख्यमन्त्री शाही चढेको घोडा तर्सिंदा लडेर घाइते भएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

मुख्यमन्त्री शाहीलाई अहिले सिमकोटबाट हेलिकोप्टरमा राखेर सदरमुकाम ल्याइएको छ । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता विमला केसीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार १९:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया