टर्कीमा केन्द्रीय बैंकका गभर्नर बर्खास्त

 टर्कीमा केन्द्रीय बैंकका प्रमुखलाई बर्खास्त गरिएको छ । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोआनले शनिबार गभर्नर मुरात युसाललाई बर्खास्त गरेका हुन् ।

अमेरिकी डलरको तुलनामा स्थानीय मुद्रा लिराको भाउ अहिलेसम्मको न्यूनस्तरमा ओर्लिए लगत्तै सो कदम चालिएको हो । सरकारी राजपत्रमा घोषणा गरिएको राष्ट्रपतीय आदेशअनुसार उनको स्थानमा पूर्व अर्थमन्त्री नासी अग्बाललाई बैंक प्रमुख बनाइएको छ । 

शुक्रवार अमेरिकी डलरको तुलनामा लिराको भाउ ८ लिरा ५८ कुरुसमा आएको थियो । वार्षिक मुद्रस्फीति पनि ११ दशमलव ८९ प्रतिशतमा रहेको छ ।

पूर्ववर्तीले अर्थतन्त्रलाई टेवा दिएर ब्याजदर कटौती गर्न असफल भएपछि सन् २०१९ को जुलाईमा युसल केन्द्रीय बैंकका अध्यक्ष मनोनित भएका थिए । उच्च ब्याजदरले मुद्रास्फीति नियन्त्रण गर्न सक्छ भन्ने अर्थशास्त्रको सिद्धान्तलाई खण्डन गर्दै एर्दोआनले ब्याजदर कटौती गर्न आग्रह गर्दै आएका थिए ।

गत सप्ताहन्तमा उनले ब्याज र विनिमय दर अनि मुद्रास्फीतिलाई शैतानको त्रिकोणको संज्ञा दिएका थिए । एग्बाल सन् २०१५ देखि सन् २०१८ को बीचमा अर्थमन्त्रीका रुपमा रहेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २०:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया