सल्यानमा जिप दुर्घटना, तीनको मृत्यु

सल्यानको छत्रेश्वरी गाउँपालिकामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा भएको जिपदुर्घटना परेर रोल्पाका तीनजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शनिबार दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको डबलक्याप दुर्घटनामा परेको हो । दुर्घटनाबाट ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भीम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गन्जबहादुर बुढा छन् । 

गाडी सडकबाट एक सय मिटर तल खसेको थियो । गाडीमा सवार अन्य ४ जना भने हाम फालेकाले बाँचन सफल भएका छन् । 

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २०:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया