कमला ह्यारिस पहिलो महिला अश्वेत अमेरिकी उपराष्ट्रपति

नेपाली समयअनुसार शनिबार अबेर राति आएको नतिजाअनुसार अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकी छन्, कमला ह्यारिस । विश्वकै शक्ति राष्ट्र दाबी गरिरहेको अमेरिकामा कमला उपराष्ट्रपतिमा निर्वाचित हुनु निकै धेरै अर्थमा ऐतिहासिक भएको छ । 

उनी पहिलो महिला उपराष्ट्रपति हुन्, पहिले अश्वेत राष्ट्रपति हुन् र पहिलो दक्षिण एशियाली मूलकी उपराष्ट्रपति हुन् ।

अमेरिकी राजनीतिक इतिहासमा कमला शीर्ष स्थानमा पुग्नु भनेको महिलाका लागि पनि ठूलो उपलब्धिका रुपमा लिइएको छ ।

क्यालिफोर्नियाकी सिनेटर कमलाले उपराष्ट्रपतिमा निर्वाचन जित्नुलाई अमेरिकी इतिहासमा ठूलो उपलब्धिका रुपमा पनि लिइएको छ । 

हार्वड विश्वविद्यालयमा पढेकी कमला सन् १९६४ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी थिइन् ।

उनी आमा श्यामला गोपालन ह्यारिस भारतमा जन्मिएकी हुन् । उनको अमेरिकामा सन् २००९ मा क्यान्सरका कारण निधन भएको थियो । श्यामला खासमा क्यान्सर रोगबारे अध्ययन गर्ने विश्वका चर्चित व्यक्तिमध्ये एक हुन् । 



कमलाका बाबु चाहिँ जमैकाका अर्थशास्त्रका प्रोफेसर हुन् । उनी पनि अमेरिकामा बसोबास गर्न थालेको लामो समय भएको थियो । कमलाका बाबुको नाम हो, डोनाल्ड । 

कमलाका बाबु डोनाल्ड र श्यामलाले सन् १९७२ मा नै सम्बन्धविच्छेद गरेका थिए ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २३:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया