अमेरिकी निर्वाचनः ट्रम्पले हार मानेनन् भने के हुन्छ ?

अमेरिकामा आगामि चार वर्षका लागि राष्ट्रपति छान्न भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले स्पष्ट मत ल्याएर विजयी भएका छन् । तर, यसको आधिकारिक घोषणा हुन बाँकी छ । 

अर्कोतिर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो हार स्वीकार गरेका छैनन् । 

उनले त आफू सर्वोच्च अदालत जाने बताएका छन् । 

अमेरिकाको राजनीतिमा निर्वाचनमा पराजित उम्मेदवारले निर्वाचन जितेका उम्मेदवारलाई फोनमा बधाई दिने गर्छन् र आफ्नो हार स्वीकार गर्ने गरेका छन् । तर, यो बाध्यकारी नियम भने होइन ।

हो, अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अस्वीकार गर्न सक्छन् वा अनुहारमा खुसीयाली भाव नदेखाइ जो बाइडेनसँग कुरा गर्न सक्छन् । तर, उनले हार अस्वीकार गरे पनि ह्वाइट हाउस छोड्नु पर्ने हुन्छ । 

२० जनवरीमा वासिङटन डिसीमा एक भव्य कार्यक्रममा जो बाइडेनले राष्ट्रपति कार्यकालको सपथ लिनेछन् । त्यति बेलासम्म ट्रम्पले केही जिम्मेवारीहरु पूरा गर्नु पर्ने हुन्छ । 



बाइडेनको टिमले जिम्मेवारी लिन सुरु गरोस् भनेर आफ्नो प्रशासनलाई अनुमति दिने काम पनि ट्रम्पको हो । ट्रम्पका अधिकारीहरुले त उनले यो काम पहिले नै गरिसकेको बताएका छन् ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार ९:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया