प्रदेश १ मा कोरोना उपचार निःशुल्क

प्रदेश  १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पुर्‍याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् ।

सो केन्द्रको क्षमता एक सय शय्याको हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुनेछ ।

प्रदेश सरकारको २ करोड,  महानगरपालिका २५ लाख र  नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिसनसहितको  केन्द्र निर्माण  द्रुतगतिमा अगाडि बढिरहेको छ ।  लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार उपचार केन्द्रको  अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  निर्माण भइरहेको उपचार केन्द्रबाट सङ्क्रमितहरुको उपचारमा सहज हुने जनाए ।

उनले प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए । उनले  संघ र प्रदेशले यस केन्द्रको हाताभित्र थप एक सय शय्याको भेन्टिलेटरसहित विशिष्टीकृत सेवा निर्माण गर्ने जनाए । झापाको मेची अस्पतालमा ५० शय्याको भेन्टिलेटरसहितको केन्द्र निर्माण भइरहेको जानकारी पनि उनले दिए । 

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए ।  उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० शय्या  सहयोग गरेको जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १४:५६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया