माधव नेपाल समूह फकाउन, चार नेतालाई बालुवाटार बोलाए ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेकपाभित्र देखिएको विवादको हल खोज्न नेता माधवकुमार नेपालसहितका चार नेतालाई बालुवाटार बोलाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका हुन् ।

नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ९ गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए । पार्टीमा अब नेतृत्व लिने गरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् । सार्वजनिकरुपमा भने ओलीले अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

ओलीले आफ्नो पक्षमा रहेका नेताहरुको अनौपचारिक भेला पनि गरिरहेका छन् । शनिबार पनि ओलीले काठमाडौं जिल्ला भेला गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १५:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया