२८१७ संक्रमित थपिए, २८१२ डिस्चार्ज, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या २८१७   रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर  २८१७   जना कोरोना संक्रमित थपिएका हुन्।   

हालसम्म जम्मा संक्रमितको संख्या १९४४५३ पुगेको छ । 
 

काठमाडौँ उपत्यकामा १५३३ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १३६२  भक्तपुरमा  ७७ र ललितपुरमा १६२  जना संक्रमित थपिएका छन ।

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३५४१९  छ । यसमध्ये संस्थागत आइसोलेसनमा ६२२२ र होम आइसोलेसनमा  २९,१९७ जना संक्रमित रहेका छन्।

घण्टामा पीसीआर परीक्षणको संख्या  १२३११  रहेको छ। 

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २८१२  रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित १५७९२६ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।



आईसीयूमा उपचाररत संक्रमितको संख्या  ३९८  र भेन्टिलेटरमा ८२ जना संक्रमित छन् । 

२४ घण्टामा मृत्यु  हुने  संक्रमितको संख्या २१ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ११०८ पुगेको छ ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७७ आइतबार १६:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया