कोरोनाभाइरसः विश्वभर ५ करोडभन्दा बढी संक्रमित

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या अब पाँच करोड नाघेको छ । 

कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १२ लाखभन्दा बढी भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । यो अझै बढी हुनसक्ने आशंका पनि गरिएको छ । यस्तो आशंका किन गरिएको हो भने अझै पनि विश्वभर पर्याप्त कोरोना परीक्षण हुन सकेको छैन ।

पछिल्ला केही दिन यता युरोपमा फेरि एकपटक कोरोनाभाइरसको प्रभाव बढ्न थालेको छ । युरोपेली मुलुक फेरि कोरोनाको हटस्पट बन्न थालेका छन् । युरोपमा मात्रै कोरोना संक्रमितको संख्या एक करोड २५ लाखभन्दा बढी छ । अनि त्यहाँ ३ लाख ५ हजार ७ सयभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

अहिले विश्वमा कोरोनाका सबैभन्दा बढी संक्रमित अमेरिका, भारत र ब्राजिलमा रहेका छन् । अमेरिकामा अब कोरोना संक्रमितको संख्या १ करोड पुग्नै लागेको छ । केही दिन यता अमेरिकामा प्रत्येक दिन १ लाख २५ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १०:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया