अमेरिकी निर्वाचनः ट्रम्पको पार्टीमा नतिजालाई लिएर मतभेद
फरकधार / २४ कात्तिक, २०७७

अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजा आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीमा पनि मतभेद देखिन थालेको छ । 

पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले डेमोक्रेट उम्मेदवार जो बाइडेनको जितमा उनलाई बधाई दिएका मात्र छैनन्, चुनाव निष्पक्ष भएको पनि बताएका छन् । 

तर, ट्रम्पसहित रिपब्लिकन पार्टीका केही नेताहरुले अहिले पनि ट्रम्पको हार स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । अमेरिकाको तल्लो सदनका नेता केभिन म्याकर्थीले पहिले कानुनमाथि विचार गर्नु पर्ने बताएका छन् । 

अर्कोतिर ट्रम्पले यो चुनाव धाँधली भएको भन्दै बारम्बार ट्विट गरिरहेका छन् । उनले मतदान र मत गणनामा पनि धाँधली भएको आरोप लगाइरहेका छन् । कतिसम्म भने उनले विपक्षी दलका नेताहरुलाई चुनावमा चोरी गरेको आरोप पनि लगाएका छन् ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १०:४७:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया