कोरोनाभाइरसः पोखरामा मात्र ४ जनाको मृत्यु

कास्कीको पोखरामा मात्र सोमबार कोरोनाभाइरसबाट ४ जनाको निधन भएको छ । 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम विभागका अधिकारीहरुले जनाएअनुसार गण्डकी मेडिकल कलेजमा दुई जना, मणिपाल शिक्षण अस्पतालमा र फिस्टेल अस्पतालमा कोरोनाभाइरस संक्रमितको निधन भएको हो ।

मृत्यु हुनेमा ६० वर्षका पुरुष, ७४ वर्षीया वृद्ध, ८६ वर्षीय वृद्ध र ८२ वर्षीया वृद्धा रहेका छन् । 

उनीहरु सबैको सोमबार निधन भएको हो । 

योसँगै गण्डकीमा निधन हुनेको संख्या १ सय ११ पुगेको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १७:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया