कोभिडको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको निर्माताको दाबी

कोरोनाभाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन प्रभावकारी देखिएको निर्माताले जनाएको छ । 

प्फिजर तथा बायोएनटेकले बनाएको यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको निर्माताले दाबी गरेको हो । मास ट्रायलमा भएको यो भ्याक्सिनको परीक्षणले यस्तो देखिएको निर्माताले जनाएको छ ।

द गार्जियनमा छापिएको समाचारअनुसार यो कम्पनीले अपेक्षा गरेको भन्दा धेरै हो ।

कम्पनीले आफूले उत्पादन गरेको भ्याक्सिनले कुनै पनि साइड इफेक्ट नदेखाएको पनि प्रष्ट्याएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो विज्ञान र अहिलेको विश्वका लागि ठूलो उपलब्धिको दिन भएको पनि बताएको छ । 

‘तेस्रो चरणको परीक्षणबाट हाम्रो भ्याक्सिन प्रभावकारी छ भन्ने देखिएको छ,’ कम्पनीले भनेको छ, ‘यसलाई हामीले एक माइलस्टोनका रुपमा लिएका छौँ ।’





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १७:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया