जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि यसबारे आफ्नो धारणा राखेकी छिन् । सार्वजनिक कार्यक्रममा बाइडेनको जितबारे आफ्नो धारणा राख्ने उनी पहिले विश्वकी नेता हुन् ।
उनले हार्दिकताका साथ बाइडेनलाई बधाई मात्र दिएकी छैनन्, जर्मनी र युरोपसँग बाइडेनले सम्बन्ध थप राम्रो बनाउने पनि बताएकी छिन् ।
उनले अमेरिकामा पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएको भन्दै कमला ह्यारिसलाई पनि बधाई दिएकी छिन् । उनले कमला लाखौँ मानिसका लागि प्रेरणाको स्रोत हुने बताएकी छिन् ।
मर्केलले जर्मनी र अमेरिकाबीचको अहिलेको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको पनि बताएकी छिन् ।
उनले अब विश्वका विभिन्न चुनौतिहरुमा आफूहरु एक हुने पनि बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।