अमेरिकी र जर्मन कम्पनीले संयुक्त रुपमा बनाए कोरोनाविरुध्द खोप
सांकेतिक तस्बिर

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोप विकासमा धेरै मुलुक र कम्पनीहरु लागि परिरहेका छन् । त्यस्ता कम्पनीहरुको सूचीमा अमेरिकी कम्पनी पिफाईजर र जर्मन कम्पनी बायोएनटेक पनि छन् ।

यी दुई कम्पनी संयुक्त रुपमा कोरोना खोप विकासका लागि महिनौंदेखि सक्रिय छन् । यी कम्पनीहरुले सोमबार एक विज्ञप्ति जारी गर्दै आफूहरुले विकास गरिरहेको खोपको ट्रायल (परीक्षण) नतिजाका बारेमा जानकारी दिएका छन् । उक्त खोप कोरोना संक्रमितहरुमा ९० प्रतिशतसम्म प्रभावकारी रहेको उनीहरुले दाबी गरेका छन् ।

निमायक संस्थाहरुले ट्रायलमा कम्तीमा ५० प्रतिशत प्रभावकारी देखिने खोपलाई मान्यता दिने बताइसकेका छन् । पिफाइजर र बायोएनटेकले आफूहरुले विकास गरेको खोपको प्रयोगले मानव स्वास्थ्यमा कुनै पनि नकारात्मक प्रभाव नरहेको पनि दाबी गरेको छ । 

‘वैज्ञानिक अन्वेषणमा आजको दिन विशेष दिन हो । हामीले सञ्चालन गरेको तेस्रो चरणको ट्रायलको नतिजाले यो खोप सफल हुने देखिएको छ । यस खोपले कोरोना संक्रमण रोक्ने विश्वास लिएका छौ,’ पिफाइजरका अध्यक्ष अल्बर्ट बोउरलाले भने ।

तेस्रो चरणको ट्रायलका लागि ४३ हजार भन्दा बढी मानिसहरुलाई संलग्न गराइएको थियो । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १९:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया