कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ । 

मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनले कोभिड–१९ को व्यवस्थापनमा कुनै समस्या परेमा ती तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन, इमेल र एसएमएसमार्फत परामर्श लिने बताए ।

‘कोभिड–१९ उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हव अस्पतालका चिकित्सकसँग परामर्श लिन सक्नेछन्,’ उनले भने । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार २०:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया