यस्तो छ दिल्ली र मुम्बईको हेड टु हेड

प्रिमियर लिग (आइपिएल) को १३औं संस्करणमा उपाधि लागि दिल्ली क्यापिट्ल्स र साविक विजेता मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार आज राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

पहिलोपटक फाइनलमा पुगेको दिल्ली आजको खेलमा जित हात पार्दै पहिलो  उपाधि हात पार्ने प्रयासमा छ । छैटौँ पटक फाइनल खेल्न लागेको मुम्बई आजको खेल जित्दै पाँचौ पटक उपाधि जित्ने दाउमा छ। 

सन् २००८ बाट सुरु भएको आइपिएलका सबै संस्करणमा सहभागिता जनाएका यी दुई टोली हालसम्म २७ पटक आमने–सामने भएका छन् ।  
प्रतिस्पर्धा गर्दा मुम्बईले १५ र दिल्लीले १२ खेल आफ्नो पक्षमा पारेका छन्। 

दिल्ली र मुम्बईको हेड टु डेड 

सन् २००८

यो सिजनको समूह चरणमा भएका दुई खेलमा दुई टोलीले १–१ खेलमा जित हात पारेका थिए । यो सिजनको पहिलो भेटमा मुम्बई २९ रनले विजयी हुदाँ दोस्रो भेटमा दिल्ली ५ विकटले विजयी भएको थियो।  यस सिजनमा दिल्ली सेमिफाइनलसम्म पुगेको थियो । मुम्बई समूहचरणबाटै बाहिरिएको थियो। 



सन् २००९

यो सिजनमा समूह चरणका दुवै खेलमा दिल्ली विजयी भएको थियो । दिल्लीले पहिलो खेल ७ र दोस्रो खेल ४ विकेटले आफ्नो पक्षमा पारेको थियो। 
यो सिजनमा पनि मुम्बई समूहचरणबाट बाहिरिँदा दिल्ली सेमिफाइनलमा पुगेको थियो। 



 सन् २०१०

यो सिजनमा समूह चरणका दुवै खेल मुम्बईले आफ्नो पक्षमा पारको थियो । मुम्बई पहिलो खेलमा ९८ र दोस्रो खेलमा ३९ रनले विजयी भएको थियो। 
यस सिजन मुम्बई उपविजेता बनेको थियो । दिल्ली समूहचरणबाट बाहिरिएको थियो। 

सन् २०११

यो सिजनमा पनि समूह चरणका दुवै खेल मुम्बईले आफ्नो पक्षमा पारेको थियो । मुम्बईले पहिलो खेल ८ विकेट र दोस्रो खेल ३२ रनले जितेको थियो । २०११ मा मुम्मबई दोस्रो क्वालिफायरमा पराजित भएको थियो । दिल्ली समूह चरणबाट बाहिरिएको थियो। 

सन् २०१२

यो सिजनमा समूह चरणका दुवै खेल दिल्लीको पक्षमा गएको थियो । दिल्लीले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ३७ रनको जित हात पारेको थियो। 
यस सिजनमा मुम्बई एलिमिनेटरबाट बाहिरिएको थियो ।  दिल्ली दास्रो क्वालिफयर पराजित भएको थियो। 

सन् २०१३

यो सिजनको समूह चरणमा दुवै टोलीले १–१ खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो खेल मुम्बईले ४४ रन र दोस्रो खेल दिल्लीले ९ विकेटले जितेको थियो ।  २०१३ मा मुम्बईले उपाधि जित्यो । दिल्ली समूह चरणबाटै आउट भयो। 

सन् २०१४

यो सिजनमा पनि समूह चरणमा दुवै टोली १–१ खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो खेलमा दिल्ली ६ विकेट र दोस्रो खेल मुम्बई १५ रनले विजयी भएका थिए । यस सिजनमा मुम्बई एलिमिनेटरबाट बाहिरिएको थियो । दिल्ली समूह चरणमै सीमित भएको थियो। 

सन् २०१५

यो सिजनको पनि समूह चरणमा दुवै टोलीले १–१ खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो खेलमा दिल्ली ३७ रन र दोस्रो खेलमा मुम्बई ५ विकेटले विजयी भएको थिए । यस सिजनमा मुम्बई विजेता बन्यो । दिल्ली भने अघिल्ला सिजनमा जस्तै समूह चरणबाटै बाहिरियो। 

सन् २०१६ 

यो सिजनको पनि समूह चरणमा दुवै टोलीले १–१ खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो खेलमा दिल्ली १० र दोस्रो खेलमा मुम्बई ८० रनले विजयी भएका थिए । यस सिजनमा दुवै टिम समूह चरणबाट बाहिरिएका थिए। 

सन् २०१७

यो सिजनमा समूह चरणका दुवै खेल मुम्बईको पक्षमा थियो । मुम्बई पहिलो खेलमा १४ र दोस्रो खेलमा १४६ रनले विजयी भएको थियो । २०१७ को आइपिएलमा मुम्बईले उपाधि जित्दा दिल्ली समूह चरणबाट बाहिरिएको थियो। 

सन् २०१८

यो सिजनमा समूह चरणका दुवै खेल दिल्लीले आफ्नो पक्षमा पारेको थियो । दिल्ली पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ११ रनले विजयी भएको थियो ।  यस सिजनमा दुवै टोली समूह चरणबाट बाहिरिएका थिए ।

सन् २०१९

यो सिजनको समूह चरणमा पनि दुवै टोलीले १–१ खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो खेलमा दिल्ली ३७ र दोस्रो खेलमा मुम्बई ४० रनले विजयी भएका थिए । मुम्बई विजेता बन्दा दिल्ली दोस्रो क्वालिफायरमा पराजित भएको थियो। 

सन् २०२०

यो सिजनमा समूह चरणका २ र पहिलो क्वालिफायर खेलमा मुम्बई विजयी भएको थियो । मुम्बई समूह चरणको पहिलो खेलमा ५ र दोस्रो खेलमा ९ विकेट तथा पहिलो क्वालिफायर खेलमा ५७ रनले विजयी भएको थियो ।  पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको दिल्ली दोस्रो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको हो। 


 
 

  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १४:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया