तिहारको समयमा बैंक नखुल्ने

नेपालीको महान चाड तिहारको समयमा तीन दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । देशभर नै कोरोनाको कहर बढ्दै गएको र विभिन्न बैंकका कर्मचारीमा पनि संक्रमण बढिरहेको भन्दै नेपाल बैंकर्स संघले तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कात्तिक २९ देखि मंसिर १ गतेसम्म सबै शाखा बन्द गरिने संघले जनाएको छ । संघका अनुसार, वाणिज्य बैंकका करिब ६ हजार कर्मचारी संक्रमित भइसकेका छन् । यो अवधिमा डिजिटल बैंकिङ सेवा निरन्तर हुनेछ भने एटिएमसमेत सञ्चालन हुनेछ ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १४:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया