धनगढीमा छोरी बचाउन आत्मरक्षा तालिम

छोरी–चेलीमाथि बलात्कार र हैरानीका घटनामा वृद्धि हुन थालेपछि धनगढीमा आत्मरक्षा तालिम दिन थालिएको छ ।

यसका लागि ‘प्रहार’ महिला विरुद्धको अभियान सुरु गरिएको छ । राष्ट्रिय गोजुरियो कराते–दो संघको प्राविधिक सहयोग तथा समन्वयमा ६ दिनदेखि ३० जना युवतीहरूलाई आत्मरक्षाका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिन थालिएको छ । तालिम सात दिनसम्म चल्नेछ । तालिम पाएकाहरूलाई आत्मरक्षा तालिमको प्रशिक्षक बन्ने छन् । आत्मरक्षा तालिमको प्रशिक्षण राष्ट्रिय गोजुरियो कराँते संघ सुदूरपश्चिम अध्यक्ष प्रकाश चन्दले गरेका छन् ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिलामाथि हुने बलात्कार र जबरजस्तीका घटना न्यून गर्न तालिमको आवश्यकता भएको बताइन् । तालिमबाट सिकेका सीपलाई गुणात्मक रूपमा छोरीचेलीसम्म पुर्‍याउनु होला उप–प्रमुख भट्टले भनिन्, ‘यसको उद्देश्य भनेको आत्मरक्षाका लागि मात्रै हो सीपको दुरुपयोग नगर्नु होला ।’ उप–प्रमुख भट्टले राजनीतिक क्षेत्रमा लागेका महिलालाई पनि आत्मरक्षा तालिम आवश्यक रहेको बताइन् ।

यसअघि धनगढी उप–महानगरपालिका १४, १८ र १९ का ८ सय महिला तथा युवतीहरूलाई एउटै शिविरमा राखेर तालिम दिएको थियो । गत वर्ष नै धनगढी उप–महानगरपालिका र राष्ट्रिय गोजुरियो कराँते संघ सुदूरपश्चिमको आयोजनामा २ हजार ४ सयभन्दा बढी महिलालाई धनगढीमा आत्मरक्षा तालिम दिएको थियो ।

तालिममा १२ वर्षदेखि २५ उमेर समूहका युवतीहरू धेरै थिए । तालिमबाट आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा सिकाइएको तालिमका सहभागी महिला पत्रकार निर्मला कडायतले बताइन् ।


 





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १५:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया