करिब २६ अंकले बढेको बजारमा चार अर्बभन्दा बढीको कारोबार

साताको तेस्रो कारोबार दिन मंगलवार सेयर बजार २५ दशमलव ९८ अंक बढेको छ । यो दिन नेप्से परिसूचक १ हजार ६७८ दशमलव ७९ विन्दुमा पुगेको छ । यो साता आइतबारदेखि नै बजार निरन्तर बढिरहेको छ । 

परिसूचकसँगै यो साता कारोबार रकमले पनि उचाइ लिइरहेको छ । दैनिक बढिरहेको कारोबार रकम मंगलवार ४ अर्ब ९ करोड ६१ लाख ९० हजार रुपैयाँ पुगेको छ । यो दिन १९६ वटा कम्पनीको ३८ हजार ६३४ पटकको व्यापारमा उक्त रकम बराबरको ९६ लाख ५७ हजार ६८८ कित्ता सेयर खरिदबिक्री भएको हो । 

यो दिन सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी नै अगाडि छ । मंगलवारको कारोबारमा पनि व्यपारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस दिन पनि व्यापारिक समूहको परिसूचक सर्वाधिक ७ दशमलव ८७ प्रतिशतले बढेको छ ।

यो दिन जलविद्युत् समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १७ प्रतिशतले घटेको छ भने बाँकी १० समूहको परिसूचक भने बढेको छ । व्यापारिक समूहसँगै मंगलवार होटलको ४ दशमलव ९१ प्रतिशत, जीवन बीमाको ४ दशमलव ८७ प्रतिशत, अन्यको ४ दशमलव २ प्रतिशत, बैंकिङको शून्य दशमलव ५५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३९ प्रतिशत, वित्तको शून्य दशमलव ४४ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २८ प्रतिशत र लघुवित्तको शून्य दशमलव १८ प्रतिशत परिसूचक बढेको छ । 

पछिल्लो समय धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटाउने तयारी नेपाल धितोपत्र बोर्डले थालेको छ । धितोपत्र बोर्ड पूर्ण अनलाइन कारोबार प्रणालीमा गइसकेको धितोपत्र बजारमा कारोबार सुविधा प्रदान गर्दा ब्रोकरहरुको जिम्वेवारीमा केहि कमि आएको भन्दै समय सापेक्ष बनाएर लैजानुपर्ने निष्कर्षमा पुगेको हो । अहिले लगानीकर्ताले पनि चर्को दवाव स्वरुप ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्दै आएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १६:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया