सपना पूरा हुँदैछ : पारस खड्का

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का यतिबेला चितवनमा छन् । आन्तरिक पर्यटकका रूपमा आफू चितवन आएको बताउने खड्काले फेसबुकमा त्यहाँको भ्रमणका क्रममा खिचिएका केही तस्बिरहरू पोस्ट गरिरहेका छन् । यही क्रममा पारसले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पनि निरीक्षण गरेका छन् । उनले सोमबार फेसबुकमा एउटा फोटो सेयर गर्दै लेखेका थिए सपना पूरा हुँदैछ ।

पारसले रंगशालाको निमार्ण तिव्र गतिमा भइरहेको देख्दा आफूलाई खुसी लागेको बताएका छन् ।

उनले भनेका छन्, ‘म करिब एक–डेड वर्ष अगाडि पनि यहाँ आएको थिएँ, मलाई त्यतिबेलै यो क्रिकेट मैदान कहिले बन्छ होला भन्ने लागेको थियो । यो मैदानको काम मैले सोचेको भन्दा पनि चाँडै भइरहको देख्दा म निकै उत्साहित छु ।’

यो क्रिकेट मैदान निमार्णका लागि हरेक नेपालीले साथ र सहयोग गरिरहनु भएको र आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्नुहुनेछ । क्रिकेट मैदानले मूर्तरूप पाउँदै गरेको देख्दा एउटा खेलाडी भएको नाताले मलाई निकै खुसी लागेको छ, खड्काले थपे ।

उनले आफूले सन्यास लिनुभन्दा अगाडि यो मैदानमा खेल्ने इच्छा व्यक्त गरेका छन् । ‘मलाई आफ्नो क्रिकेट करियर सक्नुभन्दा पहिले नै यो मैदानमा खेल्ने इच्छा छ आशा छ मेरो यो इच्छा पूरा हुनेछ’, पारसले भने ।

हामी क्रिकेट खेलाडीको एउटा सपना छ राम्रो क्रिकेट मैदानमा खेल्ने । यो मैदानमा आइपुग्दा मलाई लागेको छ हाम्रो सपना चाँडै पूरा हुनेछ । रंगशालाको निर्माणमा सहयोग गर्ने नेपाल सरकार, भरतपुर महानगरपालिका लगायत सम्पूर्ण नेपालीहरूलाई धेरै धेरै धन्यवाद ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार २३:६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया