प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा चिप्लिएपछि

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा प्रधानमन्त्री र आफ्नो व्यक्तिगत ट्विटर चलाउने कुरामा झुक्किएका छन् । थापाले मंगलबार दिउँसो आफ्नो व्यक्तिगत ट्विटरमा पत्रकार मातृका पौडेलसँग भेटघाट गरेको फोटो सेयर गर्न खोजेका थिए । 

उनले झुक्किएर प्रधानमन्त्रीको ट्विटर ह्याण्डलबाट उनले पौडलसँग प्रधानमन्त्री कार्यालयमा भएको भेटको फोटोसहित पोस्ट गरे । उनले प्रधानमन्त्री ट्विटर दुरुपयोग गरेको भन्दै धेरैले त्यो स्क्रिनसट गरे आलोचना गर्न थालेपछि उनले तत्काल हटाए । 

त्यसपछि सोही व्यहोराको ट्विट गर्दै उनले आफ्नो व्यक्तिगत ट्विटबाट फोटो सेयर गरेका छन् ।

थापाले पटक–पटक यस्ता काम गरेकाले उनलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । ट्विटरमा प्रधानमन्त्रीको ह्याण्डलमा थापाले गरेको ट्विट सेयर गर्दै उनको आलोचना भइरहेको छ । 
 





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १६:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया