अनधिकृत रुपमा रुपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन
फरकधार / २५ कात्तिक, २०७७

दर्ता नगरी सञ्चालन भएका क्रसर तथा बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्ति बस्नेत र मन्त्रालयका सचिवको बैठकले अनधिकृत रुपमा सञ्चालित यस्ता उद्योग तत्काल बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले केही समयअघि ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री  तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–०७७ स्वीकृत गरेको थियो । सो मापदण्डमा एक वर्षभित्र क्रसर उद्योगले मापदण्ड पुरा नगरेमा बन्द गर्नुपर्ने उल्लेख गरिएको थियो । राजनीतिक पहुँचका आधारमा कतिपय ठाउँमा दर्ता बिना नै क्रसर उद्योग चलिरहेका छन् ।

गृह मन्त्रालयमा बसेको बैठकले अनुमति लिएर चलेका क्रसर र वासिङ अनुगमन गरेर दर्ता, आइइई भए नभएको, राजस्व र रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले मन्त्रिपरिषद्ले केही समअघि स्वीकृत गरेको नदिजन्य पदार्थ उत्खनन तथा वितरण सम्बन्धी मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ ।


 

  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १७:५१:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया