सम्पूर्ण साहसिक पर्यटन श्रमिकलाई समेटी ठोस कार्ययोजना ल्याउन माग

विश्व कोरोना महामारीको चपेटामा परेको समयमा पर्यटनका क्षेत्रमा कार्यरत सबै मजदुरका समस्या सम्बोधन हुने गरी ठोस कार्ययोजना ल्याउन मजदुर संगठनहरुले माग गरेका छन् । 

अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग), नेपाल पर्यटन श्रमिक संघ र समाजवादी पर्यटन मजदुर संघले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी ट्रकिङ र पर्वतारोहण क्षेत्रका श्रमिकहरुलाई मात्र लक्षित गरी नेपाल पर्यटन बोर्डले कार्ययोजना बनाउन लागेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । 

टुर्स, क्लाइम्बिङ, जलयात्रा, जंगल सफारी जस्ता साहसिक क्षेत्रमा कार्यरत मजदुरलाई बाइपास गरेर योजना निर्माण नगर्न पनि उनीहरुले चेतावनी दिएका छन् ।
पर्यटन मजदुरहरुले एक साताभित्र वार्ता र छलफलका माध्यमबाट सबैलाई सम्बोधन हुने योजना नबनाए कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १९:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया