मंगलबार तोलाको ३४ सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनचाँदीको मूल्य बढेको हो ।
सुनको मूल्य बढेर बुधबार तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार एकैदिन तोलामा ३४ सय रुपैयाँ घटेको थियो ।
महासंघका अनुसार सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९७ हजार ७ सय रुपैयाँमा पुगेको थियो ।
मंगलबार तोलामा ७० रुपैयाँ घटेको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँ बढेको छ । बुधबार चाँदी तोलाको १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।