आपूर्ति सहज नभए नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी

चीनको नाकाबाट सहज रूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । व्यवसायीको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो ।     

नाकामा रोकिएका सामान सहज रूपमा ल्याउने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री तथा विभिन्न पार्टीका शीर्षस्थ नेतालाई भेटेर ध्यानाकर्षण गराए पनि सामान ढुवानीमा सहज नभएको महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

‘महासंघको ध्यानाकर्षणपछि केरुङ, तातोपानीलगायतका नाका खुला भए पनि मालवस्तु सहज रूपमा नेपाल भित्रिन सकेका छैनन्’, कटुवालले भने । चीनले अहिले दिनमा केही कन्टेनर मात्र नेपाल भित्रन दिएर अवरोध गरिरहेको भन्दै कूटनीतिक वार्तामार्फत सहज रूपमा कन्टेनर नेपाल ल्याउने वातावरण मिलाउन महासंघले आग्रह गरेको छ ।

अहिले पनि नाकामा धेरै कन्टेनर रोकिएको भन्दै कन्टेनर सहज रूपमा भित्रिने वातावरण सरकारले निर्माण नगरे नाकामै धर्ना बस्ने महासंघले चेतावनी दिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १३:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया