आइपिएलमा क-कसले जिते व्यक्तिगत अवार्ड?

इन्डियन प्रिमियर लिग (आइपिएल)को १३ औं संस्करण मुम्बई इन्डियन्सलाई विजेता बनाउँदै सकिएको छ। मुम्बईले गएराति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्ली क्यापिट्ल्सलाई ५ विकेटले हराउदै पाँचौं पटक उपाधि उचाल्यो। उपाधिसँगै मुम्बईले फेयर प्लेयर अवार्ड पनि जित्न सफल भयो।  
यस सिजनको आइपिएलमा विभिन्न खेलाडीहरुले व्यक्तिगत अवार्डहरु आफ्नो नाममा गराए जुन 
यस प्रकार छन्। 

ओरेन्ज क्याप 

सर्वाधिक रनकर्तालाई प्रदान गरिने यो क्याप यसपटक किंग्स ११ पञ्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान केएल राहुलले पाए। पञ्जाबले प्लेअफको यात्रा तय गर्न नसके पनि राहुलले १४ खेलमा १ शतक र ५ अर्धशतकको सहित १२९.३४ को स्ट्राइकमा ६७० रन प्रहार गरे। उनले २३ छक्का र ५८ चौका प्रहार गरेका थिए। यो सिजनमा उनको उत्कृष्ट प्रदर्शन अविजित १३२ रन बनाउनु हो।

दिल्लीका ओपनर शिखर धवन २ शतक र ४ अर्धशतकको मद्दतमा ६१८ रन सहित दोस्रो, हैदराबादका कप्तान डेविड वार्नर ४ अर्धशतक सहित ५४८ रन बनाउदै तेस्रो, दिल्लीका कप्तान श्रेयस अय्यर ३ अर्धशतक सहित ५१९ रन बनाउदै चौथो र मुम्बईका इशान किसन ४ अर्धशतक सहित ५१६ रन बनाउदै पाँचौं स्थानमा रहे।

 पर्पल क्याप

सर्वाधिक विकेट लिने खेलाडीलाई प्रदान गरिने यो अवार्ड दिल्ली क्यापिट्ल्सका  तिब्र गतिका बलर कागिसो रबडाले हात पारे। 
उनले १८ खेलमा ८.३४ को इकोनोमीमा बलिङ गरी ३० विकेट हात पारे। उनले ६५.४ ओभर बलिङ गर्दा ५४८ रन खर्चिएका थिए। २४ रन दिएर ४ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो। 



२७ विकेटको साथमा मुम्बईका जसप्रित बुमराह दोस्रो, २५ विकेटको साथमा मुम्बईकै ट्रेन्ट बोल्ट तेस्रो, २२ विकेटका साथमा दिल्लीका एनरिच नोत्जे चौथो र २१ विकेटको साथमा रोयल च्यालेन्जर्स बैंग्लोरका युजवेन्द्र चहल पाँचौं स्थानमा रहे।  



मस्ट भ्यलुएबल प्लेयर

यो अवार्ड राजस्थान रोयल्सका तीब्र गतिका बलर जोफ्र आर्चरले हात पारे। राजस्थानले खराब प्रदर्शन गर्दै अन्तिम स्थनमा रहेर लिगको अन्त्य गरेको भए पनि आर्चरको प्रदर्शन उच्च थियो।

उनले राजस्थानका लागि १४ खेलमा १८.२५ को इकोनोमीमा २० विकेट लिएका थिए। ५५.४ ओभर बलिङ गर्दा ३६५ रन खर्चिएका थिए। १९ रन खर्चिएर ३ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो। उनले पाँच क्याच पनि लिएका थिए। 

आर्चर यो सिजनको आइपिएलमा सर्वाधिक डट बल फाल्ने बलर हुन्। उनले १७५ बल डट फालेका थिए। उनले ब्याटिङतर्फ १७९.३६ को स्ट्राइकमा ११३ रन बनाए। १० छक्का र ५ चौका प्रहार गरेका आर्चरको अविजित २७ रन उत्कृष्ट प्रदर्शन हो।  

इमर्जिङ प्लेयर 

यो अवार्ड रोयल च्यालेन्जर्स बैंग्लोरका युवा ब्याट्सम्यान देवदत्त पडिक्कलले हात पारे। उनले १५ खेलबाट १२४.८० को स्ट्राइक रेटमा ५ अर्धशतकको मदतमा ४७३ रन बनाए। उनले ८ छक्का र ५१ चौका प्रहार गरे। ७४ रन उनको उत्कृष्ट प्रदर्शन हो। 


 
पावर प्लेयर अफ द सिजन

यो अवार्ड मुम्बईका तिब्र गतिका बलर ट्रेन्ट बोल्टले आफ्नो नाममा गराए। उनले यो सिजन पावर प्लेमा १६ विकेट लिएका थिए।

सुपर स्ट्राइकर अफ द सिजन 

यो अवार्ड मुम्बईका किरोन पोलार्डले जिते। ब्याटिङमा उनको स्ट्राइक रेट १९१.४२ थियो।दोस्रोमा राजस्थानका जोफ्रा आर्चनर रहेका छन्। उनको  स्ट्राइक रेट १७९.३७ रहेको छ। तेस्रोमा हार्दिक पाण्डेय छन्। उनको स्ट्राइक रेट १७८.९८ छ।

गेम चेन्जर्स अफ द सिजन

यो अवार्ड ९७६ फेन्टासी प्वाइन्टका साथ पञ्जाबका कप्तान केएल राहुलले हात पारे।  

सर्वाधिक छक्का

दिल्लीका युवा ब्याट्सम्यान इशान किसन यो सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने उनले यो सिजन ३० छक्का प्रहार गरेका थिए। किसनपछि धेरै छक्का प्रहार गर्नेमा राजस्थानका सन्जु सामसन रहेका छन्। उनले २६ छक्का प्रहार गरेका छन्। तेस्रोमा २५ छक्मा प्रहार गरेका पञ्जाबका निकोलस पुरन रहेका छन्।

व्यक्तिगत अवार्ड जित्ने खेलाडीले १० लाख भारतीय रुपैयाँ हात पारे।  
 

  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १५:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया