कोरोनाले छेकेन ठूला सिँचाइ योजना, राष्ट्रिय गौरवका आयोजनामा उल्लेख्य प्रगति
फरकधार / २६ कात्तिक, २०७७
फाइल फोटो

कोरोनाबाट सबै क्षेत्र प्रभावित बनेको समयमा पनि सिँचाइ तर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेख्य प्रगति भएको छ । कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइ तर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६ सहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको मन्त्रालयको दाबी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखसँग लगातार तीन दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए ।

भेरी–बबई र सुनकोशी–मरिन डाभइर्सन, सिक्टा, रानी जमारा कुलरिया, बबई र महाकाली सिँचाइ तर्फका राष्ट्रिय गौरवका आयोजना हुन् । यस्तै, उपत्यकाको भूमिगत पानीको स्रोत तथा रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाडौँका शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्रगतिमा अघि बढेको छ ।

यस्तै तत्कालीन मध्य, पश्चिम र सुदूरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागु गर्नेबारे समेत बैठकमा छलफल भएको बताइएको छ ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १५:२:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया