साउनपछि कोरोनाका लागि ६ अर्ब ८१ करोड भन्दाबढी खर्च
फरकधार / २६ कात्तिक, २०७७
फाइल फोटो

सरकारले कोरोना नियन्त्रणमा तथा रोकथाममा साउनदेखि यता करिब ७ अर्ब खर्च गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७ं/७८ सुरु भएयता कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब ८१ करोड ६९ लाख ६ हजार रकम बिनियोजन भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार निम्न शीर्षकमा निम्न अनुसार खर्च भएको छ । 

–हाइ डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड ।
–प्रयोगशाला प्रयोगशाला परीक्षण र व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख ।
–संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र जोखिम भत्ताबापतको शीर्षकमा १ अर्ब १४ करोड २९ लाख ६ हजार ।
–आइसीयू, भेन्टिलेटर तथा अस्पताल सुदृढीकरणमा १ अर्ब २९ करोड ९० लाख 
निकासा भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १६:५२:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया