सरकारको स्थानबाट हेरिदिन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

निजीक्षेत्रका व्यवसायीले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले अर्थमन्त्रीसँग निजी क्षेत्रका समस्याबारे छलफल गरेको थियो ।

भेटमा व्यवसायीले भ्याटलाई १० प्रतिशतमा झार्नुपर्ने, चेक बाउन्सको मुद्दामा कडा कारबाही हुनुपर्ने, स्वदेशी वस्तुको खपत बढाउन भन्सार छुट दिनुपर्ने जस्ता माग राखेका थिए । 

बजेट तथा मौद्रिक नीतिमा व्यवसायीले माग गरेभन्दा बढी राहतको प्याकेज सम्बोधन गरे पनि कार्यान्वयन नभएको कमलेश अग्रवालले बताए । अहिले पनि निजीक्षेत्र अस्तव्यस्त रहेको भन्दै अग्रवालले निजी क्षेत्रको समस्या समाधान गर्न आग्रह गरे । 

व्यवसायीको समस्या गुनासा र सुझाव सुनेपछि अर्थमन्त्री पौडेलले आफू निजीक्षेत्रको आत्मविश्वास जितेर अगाडि बढ्ने बताए । सरकार अहिले देशको अर्थतन्त्रको चुनौतीमा केन्द्रित भएको अर्थमन्त्री पौडेलको भनाइ थियो । 

स्टिमुलस प्याकेज, पुनरकर्जा जस्ता विषय कार्यान्वयनमा लैजान कार्यविधि निर्माण गरिरहेको उनको भनाइ थियो । आफू निजीक्षेत्र भएर सोच्ने बताउँदै अर्थमन्त्री पौडेलले निजीक्षेत्रलाई सरकार भएर सोचिदिन आग्रह गरे । यसो गर्दा दुवै पक्षको समस्याबारे थाहा हुने उनको भनाइ थियो ।  
 





  • प्रकाशित मिति : कात्तिक २६, २०७७ बुधबार १६:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया