किन हटायो ट्विटरले भारतका गृहमन्त्री अमित शाहको फोटो ?

भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहको ट्विटरबाट उनको फोटो एकाएक गायब भयो । समाचार एजेन्सी एसियन न्युज इन्टरनेशनल (एएनआई)ले दिएको जानकारी अनुसार बिहीबार गृहमन्त्री शाहको ट्विटरको प्रोफाइटल फोटो ट्विटरले हटाएको थियो ।

 

फोटोको ठाउँमा कपिराइटको उजुरीपछि यो फोटो हटाइएको छ । केही घण्टापछि पुन ट्विटरले उनको तस्वीर जस्ताको तस्तै स्थापित गरिदिएको एएनआईले जनाएको छ। 

उनको फोटोमाथि ट्विटरमा कसरले के कारणले कपिराइटको उजुरी गर्यो भन्ने कुरा भने हालसम्म पत्ता नलागेको एएनआईले खबर दिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार ७:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया