ललितपुरमा अपाङ्गमैत्री फुटपाथ निर्माण

एसियन कंक्रिटो प्रालिले ललितपुर महानगरपालिकासँगको सहकार्यमा अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ । 

हरिहर भवनदेखि एमएमबी बैंकसम्मको ९० मिटर फुटपाथ निर्माण गरी शुक्रबार महानगरपालिकालाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नै उत्पादन, लागत र प्राविधिक सहयोगमा निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एसियन कंक्रिटो कम्पनीको सम्पूर्ण लगानी रहेको फुटपाथमा महानगरपालिकाले कुनै पनि प्रकारका आर्थिक दायित्व बहन नगरेको बताए । महानगरपालिकाको अन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण गरिने र त्यसका लागि कम्पनीसँग सम्झौता गरी अगाडि बढ्ने पनि बताए । 

कम्पनीका निर्देशक अनिल जेटियाले जुनसुकै निकाय र कम्पनीले पनि सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरेको बताए । वातानुकुलित र सुन्दर फुटपाथ निर्माणका लागि गुणस्तरीय उत्पादन र नयाँ प्रविधि नै रहेको उनले बताए । 

कम्पनीले १९ लाख ५८ हजार ८७८ रुपैयाँको लगानीमा फुटपाथ निर्माण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फुटपाथ निर्माण गरिएको कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताए ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार १४:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया