पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

नेपाल र बङ्गलादेशबीच भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग २-० ले पराजित भएको  छ ।

ढाकास्थित बङ्बन्धु राष्ट्रिय  फुटबल  मैदानमा शुक्रबार भएको  खेलमा घरेलु टोलीलाई जित दिलाउन नबिद जीवन र महबुब उररहमानले १-१ गोल गरे ।

खेलको १० औं मिनेटमै  जीवनले बङ्गलादेशलाई अग्रता  दिलाएका थिए । उनले महम्मद साद्दउदिनको क्रस पासलाई  वान टचमै जाली चुमाएका थिए ।

खेलको ७९ औं मिनेटमा रहमानले बङ्गलादेशको अग्रतालाई दोब्बर बनाए  । उनले वन भर्सेस वानमा गोल गरेका हुन् ।

आजको खेलमा नेपाली युवा डिफेन्डर विकास खवासले बंगलादेशविरुद्ध डेब्यु गरेका छन् । त्यस्तै एरिक विष्टले विक्रम लामाको स्थानमा खेलको ४२ औं मिनेटमा डेब्यु गरे ।  

विकासले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यु गर्ने अवसर पाएका हुन् । उनी नेपाल आर्मीका मुख्य खेलाडी पनि हुन् । 



बंगलादेशविरुद्ध नेपाली टिमको कप्तानी गोलरक्षक किरण चेम्जोङले गरेका छन् ।

दोस्रो मैत्रीपूर्ण  खेल १७ नोभेम्बरमा यही मैदानमा हुनेछ ।



  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार १८:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया