ओलीलाई प्रचण्डले भने– हलो अड्काउने, गोरु चुट्ने ?

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पत्र आदनप्रदान हुन थालेको छ । 

दुवैले एकअर्कालाई लेखेको पत्रमा एकअर्कालाई नै आरोप लगाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पछिल्लो समय पार्टीमा छलफल गरेको र कम्तिमा पनि अर्का अध्यक्ष प्रचण्डसँग सबै विषयमा छलफल गरेको दाबी आफूले  लेखेको पत्रमा गरेका छन् । 

अर्कोतिर, प्रचण्डले ओलीले सल्लाह गरेको भए पनि कुनै विषयमा सहमति नभएको सन्दर्भ निकालेका छन् । उनले आफूलाई कार्यकारी अध्यक्ष भनिएको भए पनि काम गर्न ओलीले नै नदिएको आरोप समेत लगाएका छन् ।

‘एकातिर तपाईं कार्यकारी अध्यक्ष दिइसकेपछि गरेर देखाउन पर्यो भन्नुहुन्छ,’ प्रचण्डले ओलीलाई पत्रमा लेखेका छन्, ‘अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमतिविना हुन नसक्नेज कुराको अड्डी लिनुहुन्छ ।’

योसँगै उनले अहिले ओलीको काम हलो अड्काउने र गोरु चुट्ने भएको पनि उल्लेख गरेका छन् । 



‘यसलाई हलो अड्काउने र गोरु चुट्नेबाहेक अरु के बुझ्ने कमरेड ?’ ओलीलाई प्रचण्डको प्रश्न छ ।



  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार ५:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया