हरेक दिन सडकका कुकुरलाई खाना खुवाउने समूह
फाइल फोटो

आज कुकुर तिहार। सबै नेपालीका घर आगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ। आजको दिन कुकुरको पूजा नगरी खाएमा पाप लाग्ने भनाइ पनि छ। तर काठमाडौंमा एउटा यस्तो समूह पनि छ जसले दैनिक रुपमा उपत्यककाका विभिन्न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्छन्। त्यो पनि आफ्नै खर्चमा।

कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो। भैरवको बहान समेत रहेको कुकुरले कुनैपनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ। त्यस्तै विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुनुपूर्व कुकुरले सुँघेर वा कराएर पूर्व सूचना समेत दिने गर्छ।

त्यसैले प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ। यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ। यस दिन आफ्नो घरमा पालिएका कुकुर बाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ।

मिठोमिठो खानेकुरा खुवाइन्छ। अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्व दिदैनन्। तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन्। सौरभ रिमाल लगायतको समूहले दैनिक रुपमा कुकुरलाई खाना तयार गर्ने र विभिन्न ठाउँमा पुगेर खाना खुवाउने काम गर्छन।

काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबुस्थित नयाँ बसपार्क, भृकुटी मण्डप, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपासका क्षेत्रमा पुगेर उनीहरुले कुकुरलाई खाना खुवाउँदै आएका छन्।

भोकका कारण सडक कुकुरहरु मर्ने अवस्थामा देखेपछि रातोपुलस्थित डल्ले रेस्टुरेन्टमा खाना पकाई विभिन्न ठाउँमा पु¥याएर खाना खुवाउने काम दैनिक रुपमा गरिरहेको सौरभ रिमालले बताए ।



आज (शनिबार) काठमाडौंको टेकु क्षेत्रमा पुग्दा उनीहरुले कुकुरलाई खाना खुवाउँदै गरेको भेटियो। लकडाउन सुरुभएसँगै सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएको सौरभ रिमालले जानकारी दिए।

आजको दिन मात्र नभई सडकमा रहेका कुकुरहरुलाई आगामी दिनमा समेत खाना खुवाउने कामलाई निरन्तरता दिने योजना रहेको पनि रिमालले बताए। कुकुर तिहारमा मात्र नभएर अन्य दिनमा पनि आफ्नो घरबाहिर रहेका कुकुरहरुलाई खाना खुवाउने बानि बसाल्न रिमालको आग्रह छ ।



कहिले कहीँ केही व्यक्तिले सहयोग गर्ने गरेको भएपनि अरु दिन आफ्नै खर्चमा खाना खुवाउँदै आएको रिमालको भनाइ छ।  

  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १५:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया