जनकपुरमा एसिड आक्रमणमा परेकी युवतीको अवस्था गम्भीर, काठमाडौं रिफर गरियो

जनकपुरमा एसिड आक्रमणमा परेकी २६ वर्षीया आरती साहको अवस्था गम्भीर भएको छ । अनुहारमा एसिड परेकाले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० की आरती साहलाई उनकै श्रीमानले एसिड प्रहार गरेका थिए ।

आरतीलाई काठमाडौंको कीर्तिपुर अस्पताल रिफर गरिएको हो । 

जिल्ला प्रहरी‌ कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार एसिडले आरतीको अनुहार, छाती, हातसहितका २० प्रतिशत भाग जलेको छ ।

उनीसँगै बसेकी ३ वर्षीया छोरी रियालाई पनि एसिड परेको थियो । रियाको अवस्था सामान्य रहे पनि आमा आरतीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आमा– छोरीमाथि एसिड प्रहार गर्ने संजीव साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकै कारण उनले एसिड प्रहार गरेको आरतीकी आमा सुनिताले बताएकी छन् ।



केही वर्षअघि संजीवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास पनि गरेको प्रहरीले जनाएको छ ।

‘पहिले आगो लगाएर मार्ने प्रयास गरेको थियो,’ अस्पतालको बेडबाट आरतीले फरकधारलाई बताएकी छिन्, ‘आज ममाथि एसिड प्रहार भयो ।’ उनले आफूमाथि बारम्बार यातना दिने गरिएकाले पछिल्लो समय आफू माइतीमा बसेको बताएकी छिन् ।



  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १९:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया